रविले भने ‘चालक दुर्घटनाको विषयलाई राजनीतिकरण नगरिदिनुहोला’
काठमाडाैं | बैशाख ४, २०८०
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना गाडी चालक दुर्घटनाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । सोमबार दिउँसो फेसबुकमार्फत उनले चोटका बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक नछर्न आग्रह गरेका छन् ।
रवि लामिछानेका गाडी चालक शम्भु भनिने दिलबहादुर थापा आइतबार राति छतबाट खसेर गम्भीर घाइते भएका छन् । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रविले विहानैदेखि आफूले निरन्तर रुपमा चालकको स्वास्थ्य अवस्थाको विषयमा परामर्श गरिरहेको र अहिले अवस्थामा सुधार भएको बताएका छन् ।
यस्तो बेला आफूसँग भन्ने कुनै शब्द नभएको भन्दै रविले लेखेका छन्, ‘म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला ।’
रविले अगाडि लेखेका छन्, ‘‘मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनुहोला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

